३१ श्रावण २०८३, आइतबार | August 17, 2026

बलियो हुँदै नेपाली मुद्रा



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज ९बुधवार० सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।

बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो ।

नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भएको उनको भनाइ छ ।

‘विभिन्न कारणले पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा बलियो हुँदै गएको छ । त्यसको असरले नै नेपाली मुद्रा बलियो भएको हो,’ उनले भने, ‘तर, अबको दिनमा कस्तो हुन्छ भनेर भन्न सकिँदैन । भारतीय मुद्रा बजार कस्तो हुन्छ, त्यसले नै निर्धारण गर्छ ।’

डलरको तुलनामा भारतीय रुपयाँ ९भारू० बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ ।

त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ६ : ५७ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण