७ कार्तिक २०८३, शनिबार | October 24, 2026

क्वारेन्टाइन अवधि पुरा गरि घरजान बसचढेकालाई बसबाट झारिएपछि बस तोडफोड



नेपालगन्ज । बिगत १५ दिनदेखि नेपाल भारत सिमाको दशगजा नजिकैको क्वारेन्टेनमा राखिएकाहरुमा शिघ्र परिक्षण विधि आरटी र्यापिड डाइग्नोस्टिकबाट कोरोना नेगेटिभ देखिएपछि पनि केन्द्र सरकारले घर जान प्रतिबन्ध लगाए पछि उनीहरुतोडफोडमा उत्रिएकाछन् ।

क्वारेन्टेनको ब्यवस्थापन हेरिरहेको नेपालगन्ज उपमहानगर पालिकाले उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो । बस चढिसकेकालाई समेत उतारिएपछि उनीहरुले कम्तीमा ३ वटा बसमा तोडफोड गरि सिसा फुटाईदिएकाछन् ।

घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन् । बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय स्थगित गरिएको थियो ।

बांकेका प्रमुख जिल्ला अधिकारी कै सक्रियतामा बस ब्यवस्था गरिएको तर सिडिओ आफैले पठाउन नसकिने भनेपछि उनीहरु आक्रोशमा आएको नेपालगन्ज उप महानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनुभयो । सिडीओले गृहसंग समन्वय नगरेका कारण समस्या आएको थापाले बताउनुभयो ।

१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको पहलमा उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो । भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : १३ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर