६ श्रावण २०८३, बुधबार | July 22, 2026

१५ वर्षीया किशोरीलाई सामुहिक बलत्कार गरेको आरोपमा एक जना पक्राउ, अन्य फरार



रौतहट । तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका-३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबार घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माधवनारायण नगरपालिका-५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

पक्राउ परेका आरोपी सहनीमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ८ : १० बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज