२४ माघ २०८२, शनिबार | February 8, 2026

एन आई सी एशियाले ल्यायो मोबाइल बैंकिङ्गबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना



काठमाडौ । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिनेछ ।

Self Help  बैंकिङ्गको अवधारणा अनुरुप मोबाइल बैंकिङ्ग मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछ्न ।

यस योजना अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ्गबाट रेमिट रकम सहज रुपमा पठाउन सकिनेछ । यसका लागि आफ्नो मोबाइलमा रहेको मोबाइल एप भित्र रहेको क्भलम च्झष्त आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

 

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ६ : २४ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको