२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज स्थित राँझा विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार श्री एयरलायन्सको मध्यान्हको काठमाण्डौं देखि नेपालगन्ज आएको विमानमा सवार झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खातीलाई ४ किलो बढी सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको २ जना सहित बरामद भएको सुन जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव प्रहरी उपरिक्षक मधुसुधन न्यौपानेले राझाँ एयरपोर्टबाट काठमाण्डौ बाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं क्ज्ब् द्धघघ नं को प्लेनबाट २ बजेको समयमा नेपलगंज आएका २ जनाबाट ४ केजी २१ दशमलव ४९ ग्राम सुन बरामद भएको जानकारी दिए ।

न्यौपानेका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँया र वाँया जुत्तामा रहेको २र२ थान सुनको विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया र वाँया जुत्ताको तलुवा मुनीबाट १।१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट तथा बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोलाबाट सुनको तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान समेत गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला परेको थियो ।

दुबैजनामाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ९ : ४३ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा