१ भदौ २०८३, सोमबार | August 17, 2026

लिम्बुवान कार्यकर्ताद्वारा बिपी प्रतिष्ठानमा तोडफोड



धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा लिम्बुवानका कार्यकर्ताले तोडफोड गरेका छन् ।

प्रतिष्ठानको काम बन्द गरेर चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको विरोधमा संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताले उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

सरकारसँग भएको सहमति पालना नभएको भन्दै आइतबारदेखि चिकित्सकहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

तोडफोडमा संलग्न लिम्बुवान कार्यकर्ताले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाइदिएका छन् । उनीहरुले अस्पतालको ओपिडी लगायतका सेवा तत्काल सञ्चालन गर्न माग गरेका छन्।

अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिँदा बिरामी सेवाग्राहीलाई मर्का पर्ने भन्दै आइतबार एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले उपचार सेवा ठप्प पार्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ३ : १४ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट