११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

एमाले र जसपा फुटेर बनेको एस र लोसपा रोज्न पाउने समय सीमा आज सकिँदै



काठमाडाैं । पार्टी विभाजन गर्न सजिलो बनाउँदै सरकारले जारी गरेको अध्यादेश अनुसार विभाजन भएका नेकपा (एस) र लोसपामा प्रदेश सांसद र स्थानीयतहका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज सकिँदैछ । आयोगले दिएको २१ दिनको अवधि पार गर्दै आज (मंगलबार) अपराह्न ५ बजे दलरोज्न पाउने समयावधिको सीमा सकिन लागेको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाडेर नवगठित एस र लाेसपा रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले २१ दिनको समय दिएको थियो ।

गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । एमाले र जसपाबाट विभाजित भएका दुवै दलको निवेदनअनुसार ९ भदौमा विभाजित सदस्यहरुको हस्ताक्षर सनाखत गरेर आयोगले नेकपा (एस) र लोसपालाई दलको मान्यता सहित प्रमाणपत्र दिएको थियो । नयाँ अध्यादेश अनुसार आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहने व्यवस्था रहेको छ ।

नवगठित लोसपामा प्रवेशको लहर खासै नदेखिएपनि नकेपा (एस)मा भने अन्तिम दिन आज पनि देशभरी सनाखत गर्नेहरु धेरै देखिएको सो दलले दाबी गरेको छ । नवगठित दुईदलका नेताहरुका अनुसार नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने छ ।

हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् । स्थानीयतहमा दल रोज्न पाउने समयसीमा अझै बाँकी रहेका कारण आज ५ बजेपछि मात्र त्यसको संख्या थाहा हुने छ । संघ र प्रदेशमा एस रोज्नेहरुको संख्या ठुलै देखिएपनि स्थानीयतहमा अत्यन्त न्युन संख्यामा नयाँ दलमा कार्यकर्ताहरु खुल्ने अवस्था रहेको नेपाल पक्ष छाडेर ओली पक्षमा समाहित भएको एमाले नेता योगश भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ३ : १३ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम