६ पुस २०८२, आइतबार | December 21, 2025

एमसीसी विरुद्ध विप्लव नेकपाद्वारा संघर्षको घोषणा



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले साताव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो । जनअनुसार भोलिदेखि भदौ भदौ २८ गते काठमाडौँमा एमसीसीको विरोधमा बृहत् जनसभा आयोजना हुनेभएको छ ।

भोलि २३ गते बुधबार एमसीसीको विरोधमा देशव्यापी कोणसभाको आयोजना गरिएको छ । यस्तै २५ गते देशव्यापी विरोध प्रदर्शन आयोजना गरिएको छ भने २६ गते एमसीसी सम्झौता जलाउने कार्यक्रम रहेको नेकपाले जनाएको छ । यस्तै २७ गते सिठ्ठी जुलुस गर्ने र एमसीसी विरुद्ध बेलुन उडाने कार्यक्रम रहेको छ ।

भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ ।

नेकपाकै अन्तराष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

 

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ३ : २७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ