२० असार २०८३, शनिबार | July 4, 2026

एमसीसीको मुख्य उद्देश्य नेपाललाई चीन विरोधी अखडा बनाउनु हाे : चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसीका नाममा नेपालमा अमेरीकी सैनीक भित्र्याएर नेपाललाई चीन बिरोधी अखडा बनाउन लागिएको बताएका छन् ।

एसीसीको विपक्षमा सहमती जनाएका १० राजनीतिकदलको आयोजनामा बुटवलमा आज आयोजित विरोधसभामा बोल्दै अध्यक्ष केसीले एमसिसिका नाममा नेपाललाई चिन बिरोधी अखडा बनाउन खोजिएको बताएका हुन् ।

अध्यक्ष केसीले एमसीसीको नाममा चीन विरोधी मोर्चा बनाउन नेपाललाई समेत सामेल गर्ने अभियानमा लागेको र त्यसलाई बर्तमान सरकारले सहयोग गरेको आरोप लगाए। केसीले बिश्वमा चीन शक्तीसाली बन्दै जादा अमेरीकालाई भालुको कन्चट बनेकोले चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गरेर अगाडी बढन खोजेको बताउँदै अमेरीकी दवावकै कारण पटक पटक एमसीसी सदनमा ल्याउन खोजिएको बताए ।

उनले एमसीसी नेपाल र नेपालीका लागि आवश्यक हो होईन भन्ने कुरा नेपाली जनताले निर्णय गर्नुपर्नेमा अमेरीकाले एकपक्षीयरुपमा एमसीसीको प्रचार गरिरहेको टिप्पणी गरे ।

अमेरिकी योजनामा नेपाललाई किनेर चाईना र उत्तर कोरीयालाई एशियामा एक्लो पार्न खोखिएको बताउँदै केसीले ५५ अर्वको लोभ देखाएर चीको विरोधमा नेपाली भुमी प्रयोग गर्न खोजेको बताए।

केसीले एमसीसीका बुंंदा परिमार्जन गर्ने आग्रह कुनै हालतमा अमेरीकाले स्वीकार नगर्ने ठोकुवा गर्दै नेपालको कानून भन्दा अमेरीकाको कानुन र बौद्धीक सम्पतीमा समेत नेपालको अधिकार नहुने प्रावधान नै नेपाललाई चिन बिरोधी अखडा बनाउने योजनाका साथ आएको दावी गरे।

अर्काको भुमी माथी हेलिकप्टर घुम्दा सत्ताका मान्छे नबोलेको बताउँदै उनले शक्ति राष्ट्रको चाकडी र आर्शिवादबाट सत्तामा बस्ने लालसा र परिपाटीले यस्ता जघन्य घटनामा मुख खोल्न नसकेको आरोप लगाए ।

केसीले उत्तरमा शक्तिसाली चीन नभएको भए भारतले नेपाललाई खाई सक्थ्यो भन्दै छिमेकमा चीन भएका कारण नेपाललाई चीन बिरोधी अखडका रुपमा प्रयोग गर्न खोजिएको बताए ।

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ५ : ५७ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी