६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ६० हजार पुग्यो, २३ लाख ३० हजार सक्रमित



काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् ।

अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५ लाख ७३ हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५०५ जनाको ज्यान गएको छ । ८१ हजार २८७ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भीर रहेको छ । इटाली कोरोना भाइरसले युरोपमा सबैभन्दा बढी प्रभावित भएको मुलुक हो ।

झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ ।

एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ५६ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा