७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने



काठमाडौं । एमसीसीका सम्बन्धमा नेपाल सरकारले उठाएको प्रश्नको जवाफ फर्काएको भोलिपल्ट (आज) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार नेपाल आउँदैछिन् ।

उपाध्यक्ष सुमार सहित नेपालको चारदिने भ्रमणका लागि आज नेपाल आउने टोलिमा नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । एमसीसीको उच्च अधिकारीहरुको टोलि ​विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं अवतरण गर्नेछन् ।

नेपाल सरकारले बिभिन्न ११ बुँदामा एमसीसीबारे अमेरिकी धारणा बुझ्न खोजेको प्रश्नहरुको जवाफ पठाएकी सुमार, जवाफीपत्र सार्वजनिक भएको भोलिपल्ट एमसीसीबारे छलफल गर्न उनी नेपाल आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी थिईन् ।

नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ ।

सुमारले पठाएको पत्रमा एमसीसी मार्फत नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्ट पारिएको छ ।

जवाफमा परियोजनाका लागि प्रयोग हुने जग्गामा पनि नेपाल सरकारको स्वामित्व कायम हुने स्पष्ट गरिएको छ ।नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसीसीबीच (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट उच्च तहमा पहिलोपटक यो भ्रमण हुन थालेको हो । भ्रमणलाई नेपालमा चासो र महत्वका साथ हेरिएको छ।

संसदबाट पारित गर्नु पर्ने भनिए पछि गिजोलिएका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : ४९ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको