२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण



इस्लामाबाद। पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ।

इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (IFFRAS)को प्रतिवेदन अनुसार पानीको सङ्कटले पाकिस्तानमा ठूल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त-प्रान्त बीच झगडा निम्त्याउन सक्छ।

सिन्ध र बलुचिस्तान प्रान्तका किसानहरूले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन्।

IFFRAS को रिपोर्ट अनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ।

सिन्धु नदीको पानीको वितरणलाई लिएर समय समयमा प्रान्तहरू बीच विवाद देखा पर्ने गरेको छ। यसो हुनुमा अनुसन्धानकर्ताहरू प्रान्तहरू बीच विश्वासको कमीलाई प्रमुख कारण ठान्छन्। पाकिस्तानी शोधकर्ताहरूको अध्ययन प्रतिवेदन अनुसार पाकिस्तानका प्रान्तहरू बीच विश्वासको कमी नै विवादको जड हो । विशेष गरी सिन्ध र पन्जाब एवं सिन्ध र बलुचिस्तान बीच पानी विवाद मुख्य कारण बन्ने गरेको छ।

सिन्ध र पन्जाब मात्र होइन, यस पटक सिन्ध र बलुचिस्तान बीच समेत संघर्ष देख्न सकिन्छ। बलुचिस्तानले सिन्धलाई चेतावनी दिदै भनेको छ – हब बाँधबाट कराचीको पानी आपूर्ति बन्द गरिनेछ छ यदि उत्तर प्रदेशले पानीको प्रान्तको हिस्सा ओगट्ने काम रोकेन भने।

पानीको अभावले यी प्रान्तहरू बीच झगडा बढाउने छ र आन्तरिक अशान्तिको मुख्य कारण यही हुनेछ। तालिबान द्वारा अफगानिस्तान को कब्जा पछि कट्टरपन्थी तत्त्वहरू बलियो हुँदै जाँदा पाकिस्तान को स्थिरताको लागि यो घटना विनाशकारी हुन सक्ने अध्ययनले देखाएको छ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ३ : १९ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग