२० मंसिर २०८२, शनिबार | December 6, 2025

संखुवासभा हत्याकाण्डः अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त



संखुवासभा । संखुवासभाको मादी-१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए ।

उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए । उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए । तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो ।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो । उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ । उक्त कपडासहित घटनामा हत्यामा प्रयोग गरेका सामान प्रहरीले बरामद गरेको छ । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् ।

लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छ न्। उनी बौदमानका जेठो दाजुका नाति हुन् । उनको घर घटनास्थलबाट करिब डेढ-दुई सय मिटर दूरीमा छ ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन् । तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ ।

रणबहादुरका अनुसार छोरा (लोकबहादुर) ले ‘हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए । त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चिच्याए ।

छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए । त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ । उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए ।

अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ । उनमा बेला-बेला बेहोस भइरहने समस्या थियो । प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो । उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए । बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ ।

तेजबहादुरको शव सडकछेउ घोप्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृत भेटिएका थिए । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा अनिष विष्टले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ६ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले