१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ओमानमा आजदेखि सुरु हुने त्रिदेशीय क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण डिशहोममा



काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) र डिश मिडिया नेटवर्क लिमिटेडबीच  नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय CWC League 2, Tri Nations Series (आईसीसी क्रिकेट विश्वकप लिग २ )को प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त आईसीसी क्रिकेट विश्वकप लिग २  CWC League 2, Tri Nations Series का छ वटा खेलहरु भदौ २८ देखि असोज ४ गते सम्म हुनेछन् । यो सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिश होमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जसअन्तर्गत हुने खेलहरु निम्न अनुसार हुने छ :

नेपाल र अमेरिकाबीच भाद्र २८ गते खेल हुनेछ । यस्तै नेपाल र ओमानबीच भदौ २९ गते हुनेछ भने ओमान र अमेरिकाबीच भदौ ३१ गते खेल हुनेछ ।

यसैगरी नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ ।

सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह ४१५ बजे ओमानको AL Amerat Cricket Stadium , Muscat बाट प्रत्यक्ष प्रशारण हुनेछन् ।

 

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ४४ बजे

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ