४ पुस २०८२, शुक्रबार | December 19, 2025

संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको हो : प्रधानमन्त्री ओलि



काठमाडौ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई सरकारले ल्याएको अध्यादेशबारे जानकारी गराउनु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको बताउनुभएको हो । संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले अध्यादेश ल्याएको प्रधानमन्त्रीले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाले बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको बताउनुभयो ।

यसैवीच नेकपा केन्द्रीय सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : २१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता