३२ असार २०८३, बिहिबार | July 17, 2026

आजबाट ४३ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा



काठमाडौं । सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ जिल्लाका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका वेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

महँगी बढेको वेला सरकारले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री-वितरण गर्दा आमउपभोक्तालाई केही राहत मिल्ने गरेको छ । कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ ।

कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ ।

कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो । खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् ।

यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री-वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना