६ श्रावण २०८३, बुधबार | July 22, 2026

घुस खान नमान्ने २४ ट्राफिक प्रहरी महानगरिय महाशाखाबाट पुरस्कृत



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरि काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्धा चलाईएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।

नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जिसी ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन् भने बाँकि प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भिम बहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बिसी त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोईराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन ।

सम्मानित हुने सम्पुर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढायर सम्मान गरेको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा घुस दिई प्रलोभनमा १६६ जना चालक पक्राउ परेका थिए भने यसै आर्थिक वर्षमा घुस बापत रु. ९०,१५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको महाशाखाले जनाएको छ । घुस नलिने र घुसदिने सवारी धनीलाई नियन्त्रणमा लिई कारवाही गर्ने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ३८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन