१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

गण्डकी प्रवेश नाकामा स्वास्थ्य निगरानी केन्द्र स्थापना



दमौली । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ ।

आँबुखैरेनी गाउँपालिका-४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो । निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे/नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए ।

सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइने र केही समस्या भए तत्कालै समाधान पनि गरिने उनले बताए । यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिने भएको छ ।

निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ । निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिने उनले बताए ।

गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीररुपमा लागिरहेको बताए ।

गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ५७ बजे

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका