८ मंसिर २०८३, मंगलबार | November 24, 2026

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल



दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै तोकिएकै समय निर्वाचन हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने बताए । स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।

प्रदेशको निर्वाचन आगामी मङ्सीरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने र यसले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने महासचिव पोखरेलले उल्लेख गरे । उनले वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेकाले यसका आधारभूत जगलाई खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने प्रष्ट पारे ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ९ : ५९ बजे

Your email address will not be published.

६० जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस