५ पुस २०८२, शनिबार | December 20, 2025

मेयर सुवेदीमाथि भएको आक्रमण प्रयासका दोषीलाई कडा कारवाही गर्न बुटवल उपमहानगरको माग



बुटवल । बुटवल उपमहानगरपालिकाले मेयर शिवराज सुवेदीमाथि भएको आक्रमण प्रयासप्रति खेद व्यक्त गरेको छ ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमण प्रयास गरेको जनाएका छन् । प्रवक्ता रेग्मीले प्रमुखमाथि भएको घटनामा संलग्न एवं दुरुत्साहान गर्ने उपर छानविन गरी यथाशीघ्र कारवाही गर्न माग गरेका छन् ।

मेयर सुवेदीसहित उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक टोलीसहित बुटवलको ज्योतिनगर लक्ष्मीनगरमा असोज ४ गते बिहान गएको पहिरोको जोखिमबारे अवलोकन गर्न जाँदा आक्रमण भएको थियो । एक व्यक्तिले सुवेदीलाई दगुर्दै आएर मुक्का हानेर लडाएका थिए । त्यस क्षेत्रमा गत भदौ १३ गते गएको पहिरो र लेदोयुक्त बाढीले दुई दर्जन घरमा क्षति पुर्याएको थियो ।

उपमहानगरले आजको घटनाबाट विचलिन नभई ज्योतिनगर, लक्ष्मीनगरबासीको जीउज्यानको सुरक्षा, राहत र उद्दारमा लाग्न सबै नगरबासीलाई अपील गरेको छ । यस्तै, उक्त क्षेत्रको तत्कालिन र दीर्घकालीन रुपमा बस्तीलाई सुरक्षित बनाउन संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण पनि गरेको छ ।

यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि आक्रमणको निन्दा र भत्सर्ना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको