२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कसैलेपनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न लुम्बिनी प्रदेश प्रमुख शेरचनको आग्रह



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गरेका हुन् । शेरचनले वर्तमान संविधानले नै संविधान भन्दा माथी कोही नरहने व्यवस्था गरेकाले संविधान भन्दा माथि कोही हुन नसक्ने बताए ।

उनले दीगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर बनाउनुपर्नेमा जोड दिँदै तीनै तहका सरकार समृद्दीको मार्गमा कृयाशील रहन आग्रह गरे । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले राजनीतिज्ञहरुले भ्रष्टाचार रहित गुणस्तरीय सेवामार्फत जनतालाई सेवा गर्नुपर्ने बताए ।

उनले हाल विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ ले जनताको जनजीवन कष्टकर बनाएको बताउँदै अझै पनि महामारी अन्त्य नभएको भन्दै सचेत रहन आग्रह गरे ।

शुभकामना आदन प्रदान कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्रीहरु, राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख, लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : २१ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२