२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ओमानमा त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फिर्ता



काठमाडौं । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आजस्वदेश फर्किएको हो । नेपाली टोलीलाई क्यानका पदाधिकारी छुम्बी लामाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पा¥यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको उनको भनाइ थियो ।

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको थपे । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालिन योजना अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले बताए ।

खेलका ८ खेल मध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौंथो स्थानमा उक्लिदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफ योग्य रह्यो । यस अघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन नेपाली टोली गर्न सफल भयो । कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङ्लाई सम्हालेका थिए । जसमा दुबै ब्याट्सम्यानले व्यक्तिगत करियमा भ्रमण सार्थक बनाउन सफल भए । ओपनिङ मध्येका युवा ब्याट्स म्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए ।

यस्तै राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए । विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट निकाल्न सफल भएका थिए । व्यक्तिग खेललार्ई निर्खानका लागि अझै मेहनत गर्नुपर्ने उनले बताए ।

बिक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन । साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन् । चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन । एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले पहिलो विकेट आफ्नो नाममा पनि लेखाए । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्वीप गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ५२ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।