१९ असार २०८३, शुक्रबार | July 3, 2026

७९ लाखले लगाए पूर्ण खोप



काठमाडौं । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ ।

त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।

प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ । भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २८ लाख २३ हजार ६८३ पुगेको छ । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको सङ्ख्या १४ लाख ४० हजार ७३५ पुगेको छ । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : २७ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२