१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नर्भिक हस्पिटलमा ग्याष्ट्रिकका बिरामीलाई निःशुल्क ओपिडी सेवा



काठमाडौं । नर्भिक हस्पिटलले ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा दिने भएको छ । हस्पिटलले शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क सेवा दिने भएको हो ।

सो सेवा नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा.वरुणकुमार साहले दिनेछन् । उनका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्ने छन् । निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोन सिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बर वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १२ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका