५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रको निर्णय : अध्यादेश फिर्तापछि मात्र मन्त्रिपरिषद् विस्तार



काठमाडौं ।नेकपा (माओवादी केन्द्रले) राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तारलाई पहल गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारका लागि कानुनी जटिलता अन्य हुनुपर्न‍े निस्कर्ष निकालेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरुसँग मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाई र अध्यादेशबारे भैरहेको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता देवप्रसाद गुरुङले कानुनी जटिलता सल्टाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो । नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

स्थायी समिति बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको