१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘हाइकिङ’मा विदेशी राजदूत (फोटो फिचर)



पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बनेका छन्।

गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् ।

कार्यक्रमअनुसार कूटनीतिज्ञ बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा भाग लिएका छन् । हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र डेभिज फल्सको अवलोकन गरेका छन् ।

उनीहरुले फेवातालमा डुङ्गा शयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा विदेशी राजदूतहरु सहभागी बन्ने कार्यक्रम छ ।

विगतका वर्षमा विश्व पर्यटन दिवसका दिन पहिलो उडानमार्फत पोखरा आउने विदेशी पर्यटक तथा सवारी साधनमार्फत आउने पर्यटकलाई सम्मान गर्ने तथा अन्य विभिन्न कार्यक्रम गरिने गरिएकोमा विदेशी विशिष्ट कूटनीतिज्ञलाई सहभागी बनाइएको भने पहिलो पटक हो ।

कोरोनाले प्रभावित पोखराको पर्यटनलाई विश्व बजारमा सकारात्मक सन्देश दिनका लागि विदेशी कूटनीतिज्ञको पोखरा भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।

तस्विर : रासस

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ४३ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,