३ भदौ २०८३, बुधबार | August 19, 2026

इपिएल क्रिकेट : आज काठमाडौं र पोखरा भिड्दै



काठमाडौं । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ । चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन ।

खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो । पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो ।

१० ओभरको खेल जारी रहदा वर्षा भएपछि खेल रोकिएको थियो । अन्तिम समयसम्म पनि वर्षा नरोकिएपछि दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो ।

सोमबारका दुबै खेल समेत वर्षाका कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र विराटनगरले मैदान ओसिलो हुँदा टस नै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबीचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो । दुबै खेल पुनः खेलाइने वा अंक बाँडन भन्ने विषय तय हुन बाँकी छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ५५ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का