१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना व्यक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा मनाइने जितिया पर्वको अवसरमा शुभकामना दिएकी छन ।

बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउने जनाएकी छन । उनले पर्वका माध्यमबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन ।

यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन ।

तराई मधेश क्षेत्रमा सन्तानको सुख र समृद्धिका निमित्त यो पर्व मनाउने गरिन्छ । यो पर्व प्रत्येक वष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ११ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज