२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान



जाजरकोट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् ।

उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् ।

उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिइन । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहँलपुर अवस्थामा रहेको छ ।

बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरीमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउँमा गहुँ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।

हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बाँडीचुड गरेर खाने गरिन्छ । व्यापारीले पु-याएको चामल धेरै महँगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ ।

मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताए ।

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रति क्वीन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताए । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ४५ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन