७ पुस २०८२, सोमबार | December 22, 2025

मास्क नलगाउने यात्रुलाई सवारी चढ्न निषेध; मेला, महोत्सव सभा जुलुस गर्न रोक



काठमाडौं । काठमाडौं उपत्यकाभित्र मास्क नलगाई सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ ।

उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि लागुहुने गरी सार्वजनिक सवारी साधनमा मास्न नलगाई यात्रुलाई चढ्न रोक लगाउने निर्णय गरेका हुन् । प्रशासनले सर्वसाधारणले टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न पनि निर्देश गरेको छ । यस्तै सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ ।

चाडपर्वको समयमा बढी भीडभाड हुने भएका कारण प्रशासनले महामारीबाट वच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन निर्देशन गरेको छ । स्थानीय प्रशासनले राति १२ बजेदेखि लागू हुने गरी उपत्यकाभित्र अनावश्यक रूपमा भिडभाड गर्न, मेला र महोत्सव गर्न समेत रोक लगाएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन थालेको थियो । पछि संक्रमण केही कम हुँदै गएपछि निषेधाज्ञामा केही छुट दिई्रदै गएको छ । यद्यपी, आम मानिसको चलहपहल भने सामान्य अवस्थामा जस्तै नै रहेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/आदेश_20210930_0001.pdf”]

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ५८ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका