२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शनिबारदेखि तिलोत्तमामा भुपू सैनिक तथा सुरक्षाकर्मीहरु बीच ब्याडमिन्टन प्रतियोगिता हुदै



बुटवल । रुपन्देहीको तिलोत्तमामा भूतपुर्व सैनिक तथा सुरक्षाकर्मीहरु बीच ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फिट एण्ड फाइन स्पोर्टर्सको आयोजनामा शनिबारदेखि तिलोत्तमा-३ मा अवस्थित स्पोर्टर्सको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स (५५ वर्ष माथिका) गरि दुई समुहका खेल हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्पोर्टर्सका अध्यक्ष केश बहादुर गुरुङले भूपुहरुको सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा सुपर भेट्रान्स तर्फ विजेताले २० हजार, उप विजेताले १० हजार तथा तेस्रो र चौथो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएको छ । यसैगरी भेट्रान्सतर्फको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

तीन लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न प्रायोजक संस्था, प्रतियोगिहरुबाट उठ्ने प्रवेश शुल्क तथा अन्य रकम संस्थाका सदस्यहरुले नै उठाएर व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष म्यानेजिङ डाइरेक्टर स्यामबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि मेन्स डबल भेट्रान्स तर्फ ३ हजार तथा सुपर भेट्रान्सहरुका लागि २ हजार शुल्क राखिएको संस्थाका कोषाध्यक्ष राजेश शाहीले जानकारी गराए ।

प्रतियोगितामा अफिसियल तर्फ मुख्य एम्पाएरका रुपमा प्रमोद सिहं पहाडी र अन्य एम्पाएरहरुमा बसन्त थापा र पदम राना रहेका छन् । काठमाण्डौ, पोखरा, गुल्मी, पाल्पा, स्याङ्जा, धादिङ, कपिलबस्तु लगायतका जिल्लाहरुबाट सहभागी हुने प्रतियोगितामा सुपर भेट्रान्स तर्फ १५ समूह तथा भेट्रान्स तर्फ ४४ जना सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ५९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले