७ पुस २०८२, सोमबार | December 22, 2025

निजि वनको हक अधिकार सुनिश्चित गर्न आग्रह



बुटवल । साना वन किसानहरुको हक अधिकार सुनिश्चित गर्दै हरित अर्थतन्त्र मार्फत समृद्धि नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्ने अभियानलाई नितिगत रुपमा सरकारले बाटो खुलाउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन ।

निजि जग्गामा व्यवसायिक वन रोपेर उत्पादनमा लागेका पारिवारिक निजि वन संघ नेपालले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि सरकारको नीतिका कारण समस्यामा परेको गुनासो गरेका छन ।

संघका केन्द्रीय अध्यक्ष जोगलाल गिरिले नेपालकै वनमा भएको काठजन्य पदार्थ उपयोग गर्न पाउने गरि सरकारले नीति ल्याउन आग्रह गरे । अन्य ब्यवसायिक क्षेत्रमा बैकवित्तिय क्षेत्रबाट लगानी भएपनि निजि वनमा यसतर्फ ध्यान नजानु दुखद भएको बताए ।

हामीले लामोसमयदेखि १९ बुदे माग पत्र सरकारलाई बुझाउदै आएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । उनले भने । माग पूरा नभए थप आन्दोलन गर्ने उनले बताए । नेपाली बजारमा ६५ प्रतिशत काठ आपूर्ति गरिरहेको यो क्षेत्र नेपाल सरकारको प्राथमिकता पारेको पाईदैन ।

संघका जिल्ला अध्यक्ष विष्णु कुमार श्रेष्ठले प्रक्रियागत झण्झटका कारण ठूलो समस्या परेको बताए। मधेसी समुदायमा रुख संस्कारबाट ठूलो फाईदा लिने गरेको उनले बताए । छोरी जन्मदा रुख रोप्ने र छोरीको बिहेको बेला त्यहि रुखबाट उत्पादन लिएर विवाह खर्च चलाउने गरेको उनले बताए ।

सागठिनक हिसाबले संघ अन्तरगत १ केन्द्रीय संघ, ७ प्रदेश संघ र ६१ जिल्ला शाखा विस्तार भएको छ । १० हजार पारिवारीक निजि वन किसानहरु आवद्ध छन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : २८ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका