१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

निजि वनको हक अधिकार सुनिश्चित गर्न आग्रह



बुटवल । साना वन किसानहरुको हक अधिकार सुनिश्चित गर्दै हरित अर्थतन्त्र मार्फत समृद्धि नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्ने अभियानलाई नितिगत रुपमा सरकारले बाटो खुलाउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन ।

निजि जग्गामा व्यवसायिक वन रोपेर उत्पादनमा लागेका पारिवारिक निजि वन संघ नेपालले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि सरकारको नीतिका कारण समस्यामा परेको गुनासो गरेका छन ।

संघका केन्द्रीय अध्यक्ष जोगलाल गिरिले नेपालकै वनमा भएको काठजन्य पदार्थ उपयोग गर्न पाउने गरि सरकारले नीति ल्याउन आग्रह गरे । अन्य ब्यवसायिक क्षेत्रमा बैकवित्तिय क्षेत्रबाट लगानी भएपनि निजि वनमा यसतर्फ ध्यान नजानु दुखद भएको बताए ।

हामीले लामोसमयदेखि १९ बुदे माग पत्र सरकारलाई बुझाउदै आएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । उनले भने । माग पूरा नभए थप आन्दोलन गर्ने उनले बताए । नेपाली बजारमा ६५ प्रतिशत काठ आपूर्ति गरिरहेको यो क्षेत्र नेपाल सरकारको प्राथमिकता पारेको पाईदैन ।

संघका जिल्ला अध्यक्ष विष्णु कुमार श्रेष्ठले प्रक्रियागत झण्झटका कारण ठूलो समस्या परेको बताए। मधेसी समुदायमा रुख संस्कारबाट ठूलो फाईदा लिने गरेको उनले बताए । छोरी जन्मदा रुख रोप्ने र छोरीको बिहेको बेला त्यहि रुखबाट उत्पादन लिएर विवाह खर्च चलाउने गरेको उनले बताए ।

सागठिनक हिसाबले संघ अन्तरगत १ केन्द्रीय संघ, ७ प्रदेश संघ र ६१ जिल्ला शाखा विस्तार भएको छ । १० हजार पारिवारीक निजि वन किसानहरु आवद्ध छन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : २८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज