४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट निको हुँदैमा ढुक्क हुने अवस्था छैन : डब्लुएचओ



एजेन्सी । कोरोना भाईरसको विश्वब्यापी महामारी फैलिएका बेला यसको निदानका बारेमा थुप्रै प्रयासहरु भैरहेका छन भने धेरै चासो र चिन्ताहरु पनि उब्जिएका छन ।

यस्तैमा एक पटक कोरोना संक्रमण भई निको भएकाहरुमा पुनः संक्रमण हुन्छ या हुँदैन ? भन्ने विषयमा पनि फरक फरक विचारहरु प्रकट भईरहेका छन ।

यस बारेमा विश्व स्वास्थ्य संगठनले पनि आफ्नो प्रतिकृया दिएको छ । डब्लुएचओको भनाई अनुसार एक पटक कोरोना संक्रण भइ निको भएकाहरुलाई फेरि संक्रमण हुन्छ या हुँदैन भन्ने विषय स्पष्ट भैसकेको छैन ।

यो विषयको वैज्ञानिक हिसाबले पुष्टि नभैकन लहै लहैका भरमा तर्क बनाउनु र त्यहि अनुसार ब्यवहार गर्दा निकै खतरनाक परिणाम आउन सक्ने संगठनले चेतावनी दिएको छ । विश्वका केही मुलुकका अस्पतालहरुले ईम्युनिटी पासपोर्ट र रिस्क फ्रि सर्टिफिकेट जारी गरेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिक्रिया आएको हो ।

डब्लुएचओका अनुसार विभिन्न अस्पतालहरुले जारी गरेका ईम्युनिटी पोसपोर्ट र रिस्क फ्री सर्टिफिकेटको विश्वसनीयतामा भर पर्ने अवस्था आईसकेको छैन । यस बारे वैज्ञानिक अनुशन्धान हुन जरुरी छ ।

केही मुलुकहरुले ईम्युनिटी पोसपोर्ट र रिस्क फ्री सर्टिफिकेटका आधारमा मानिसहरुलाई काममा लगाउने सोंच बनाईरहेका बेला आएको डब्लुएचओको यस्तो प्रतिकृयाले थप अन्यौल सिर्जना भएको छ । यो प्रतिकृयाले कोरोना संक्रमणबाट निको भएकाहरुलाई थप सावधान पनि बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार संक्रमणको चपेटामा आएपछि मानव शरिरले संक्रमण फैलाउने भाईरस विरुद्ध लड्न सुरु गर्छ तर ईम्युनिटीको पुरापुर विकास हुन एक देखि दुई हप्ताको समय लाग्छ ।

शरिरमा रहेका टी सेलहरुले संक्रमित कोशिकाहरुको पहिचान गरि नष्ट गरिदिन्छ । यसबाट संक्रमणको फैलावटलाई बढ्न दिंदैन ।

मानव शरिरमा भएको ईम्युनिटी पावरले संक्रमणको लक्षण पनि प्रकट हुन दिंदैन । यसलाई वैज्ञानिक भाषामा सेल्युलर ईम्युनिटी भनिन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको