२१ माघ २०८२, बुधबार | February 5, 2026

कोरोना संक्रमणबाट निको हुँदैमा ढुक्क हुने अवस्था छैन : डब्लुएचओ



एजेन्सी । कोरोना भाईरसको विश्वब्यापी महामारी फैलिएका बेला यसको निदानका बारेमा थुप्रै प्रयासहरु भैरहेका छन भने धेरै चासो र चिन्ताहरु पनि उब्जिएका छन ।

यस्तैमा एक पटक कोरोना संक्रमण भई निको भएकाहरुमा पुनः संक्रमण हुन्छ या हुँदैन ? भन्ने विषयमा पनि फरक फरक विचारहरु प्रकट भईरहेका छन ।

यस बारेमा विश्व स्वास्थ्य संगठनले पनि आफ्नो प्रतिकृया दिएको छ । डब्लुएचओको भनाई अनुसार एक पटक कोरोना संक्रण भइ निको भएकाहरुलाई फेरि संक्रमण हुन्छ या हुँदैन भन्ने विषय स्पष्ट भैसकेको छैन ।

यो विषयको वैज्ञानिक हिसाबले पुष्टि नभैकन लहै लहैका भरमा तर्क बनाउनु र त्यहि अनुसार ब्यवहार गर्दा निकै खतरनाक परिणाम आउन सक्ने संगठनले चेतावनी दिएको छ । विश्वका केही मुलुकका अस्पतालहरुले ईम्युनिटी पासपोर्ट र रिस्क फ्रि सर्टिफिकेट जारी गरेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिक्रिया आएको हो ।

डब्लुएचओका अनुसार विभिन्न अस्पतालहरुले जारी गरेका ईम्युनिटी पोसपोर्ट र रिस्क फ्री सर्टिफिकेटको विश्वसनीयतामा भर पर्ने अवस्था आईसकेको छैन । यस बारे वैज्ञानिक अनुशन्धान हुन जरुरी छ ।

केही मुलुकहरुले ईम्युनिटी पोसपोर्ट र रिस्क फ्री सर्टिफिकेटका आधारमा मानिसहरुलाई काममा लगाउने सोंच बनाईरहेका बेला आएको डब्लुएचओको यस्तो प्रतिकृयाले थप अन्यौल सिर्जना भएको छ । यो प्रतिकृयाले कोरोना संक्रमणबाट निको भएकाहरुलाई थप सावधान पनि बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार संक्रमणको चपेटामा आएपछि मानव शरिरले संक्रमण फैलाउने भाईरस विरुद्ध लड्न सुरु गर्छ तर ईम्युनिटीको पुरापुर विकास हुन एक देखि दुई हप्ताको समय लाग्छ ।

शरिरमा रहेका टी सेलहरुले संक्रमित कोशिकाहरुको पहिचान गरि नष्ट गरिदिन्छ । यसबाट संक्रमणको फैलावटलाई बढ्न दिंदैन ।

मानव शरिरमा भएको ईम्युनिटी पावरले संक्रमणको लक्षण पनि प्रकट हुन दिंदैन । यसलाई वैज्ञानिक भाषामा सेल्युलर ईम्युनिटी भनिन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ३२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता