४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज श्रीलंका र नेपाल भिड्दै, लगातार दोस्रो जितको दाउमा नेपाल



काठमाडौं । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ ।

यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १(० गोल अन्तरले पाखा लगाएको थियो ।श्रीलंकासमेत सोही नतिजाका साथ बंगलोदशलाई ३ अंक सुम्पिएको थियो ।

खेल अघि प्रि(म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले श्रीलंका बलियो टोली रहेको र सचेत भएर ३ अंकका लागि खेल्ने बताएका छन् । कप्तान किरणकुमार लिम्बुले ९० मिनेट मिहिनेत गर्दै ३ अंकका लागि खेल्ने बताए ।

बिगत हेर्दा नेपालभन्दा श्रीलंका बलियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल आफ्नो पक्षमा राख्दा ८ खेल बराबरीमा समाप्त भएको छ । श्रीलंकाको पक्षमा ६ खेल गएको छ ।

आज सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्दैछन् । प्रतियोगितामा भारतको पहिलो खेल हो भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : १५ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब