७ बैशाख २०८३, सोमबार | April 20, 2026

लाफा ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिताको समापन भोली



बुटवल । लाफा समुहको आयोजनामा बुटवलमा जारी ‘बि’ लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ को दोस्रो चरणको खेल भै राखेको छ ।

मौसममा खराबी आएपछि खेल समापन गर्ने भनिएको दिनसम्म पहिलो चरणको खेल मात्र सकिएको छ । मौसमकै कारण खेल खेलाउन समस्या भएको समुहका अध्यक्ष तारा रेश्मीले बताए ।

आज दोस्रो चरणको अन्तिम खेल हुदै गर्दा पानी परेपछी आजको खेल रोकिएको छ । दिउसो करिब ५ बजे तिर पानी परेपछि त्यसपछिका सबै खेलहरु रोकिएको हो ।

आज भएको दोस्रो चरणको खेलमा न्यू होराइजनले जी एम समाजलाइ पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै नमस्ते गुल्मीले स्टार युवा क्लबलाइ पराजित गरेको छ ।

आजै भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बि ले जितेश्वरी युवा क्लबलाइ पराजित गरेको छ । आधिखोला युथ क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ए लाइ, कंचन एकेडेमिले चरङ्गे युवा क्लबलाई, मसलाङ्ग स्पोटर्सले लाङघालीयुवा क्लबलाई पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेको छ भने दिप बोडिङ्ग र डायमण्ड गोर्खा बिच खेल हुदै गर्दा पानी परेपछी बिचमा नै खेल रोकिएको छ । त्यो खेल भोली बिहान पुन सुरुबाट संचालन हुने लाफा भलिबल एकेडेमीका प्रशिक्षक विजय गुरुङ्गले बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको कार्यक्रम सयोजक केशव रानाले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसैगरि द्धितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने अध्यक्ष रेश्मीले बताए । आयोजकका अनुसार प्रतियोगिताको प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार ९रबि०थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका हुन् ।

प्रतियोगिताको समापन मंगलबार दिउसो २ बजे गरीने आयोजकले जनाएको छ

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ०७ बजे

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो