१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बढ्यो नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले अहिले पाईरहेको रासनमा १५ प्रतिशत थप गरेर रासन पाउने भएका छन् । रासन वृद्धि सम्बन्धी निर्णय लागू गर्ने निर्णय गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाइल सदर गरेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन १५ प्रतिशतले बृद्धि हुने भएको हो । प्रतिस्थापन विधेयकमार्फत रास बृद्धिका निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका छन् ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा कार्यान्वयन हुन सकेको थिएन ।

लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रासन बृद्धि नहुँदा बजार भाउको महङ्गी बढ्दा समस्या देखिएको थियो । नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा एक आर्थिक वर्षमा १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।

 

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा