२८ भदौ २०८३, आइतबार | September 13, 2026

सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुईजना पक्राउ



काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परिक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भन्दै रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउगरेको छ ।

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परिक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अबस्थामा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५को संजीव राउत रहेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । उनीहरुले सेवाग्राहीबाट जनहि ३ हजार ५ सय रुपैयासम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाईने गरेको बताए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परिक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथी निरन्तर निगरानी गर्दै आएको समेत महाशाखाले जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरूलाईमहानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ०२ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत