२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुईजना पक्राउ



काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परिक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भन्दै रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउगरेको छ ।

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परिक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अबस्थामा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५को संजीव राउत रहेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । उनीहरुले सेवाग्राहीबाट जनहि ३ हजार ५ सय रुपैयासम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाईने गरेको बताए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परिक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथी निरन्तर निगरानी गर्दै आएको समेत महाशाखाले जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरूलाईमहानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ०२ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म