२३ बैशाख २०८१, आइतबार | May 5, 2024

साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा



काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो ।

खेलको ३३ औँ मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो हाफको ५१ औँँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । त्यसपछि ५७ औँ मिनेटमा मार्भिन हमिल्टनले गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउने कोसिस गरेपनि खेल सकिन ४ मिनेट बाँकी रहँदा आयुष घलानले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इञ्ज्युरी समयमा डिलो डि सिल्भाले पेनाल्टीमा गोल गर्दै ३-२ को अवस्थामा ल्याएपनि थप गोल हुन नसक्दा नेपाल विजयी बन्यो । नेपाल २ खेलमा ६ अंक बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । सोमबार नै भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४४ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं