२२ माघ २०८२, बिहिबार | February 6, 2026

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती



काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेयपदार्थमा रिएलजुस कोकोकोला प्mयान्टा, बोटलको पानी लगायतको म्याद नाघेका पाइन्छ । दसैंको मौका छोप्दै व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् ।

म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

विभागले सोही कानुनी अधिकारको प्रयोग उपभोक्ता झुक्याएर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको विभागका प्रवक्ता सेढाईले जानकारी दिए । उनले साउन भदौ दुई महिना कानुनविपरीत व्यापार गर्ने २ सय ४ व्यापारीलाई कारबाही २१ लाख ३७ हजार रुपैयाँ जरिमाना गराएको बताए । उनले साउन महिनामा ७० व्यापारीलाई कारबाही गरेको र भदौमा १ सय ३४ व्यापारीलाई कारबाही गरेको जानकारी दिए ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य सामान पसलपसलमा पाइने गरेको बताए । ‘सरकारले म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य वस्तु व्यापारीले बिक्री गरेको पाएको खण्डमा तत्काल नष्ट गर्नुपर्ने हुन्छ,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘तत्काल नष्ट नगर्दा सो सामान व्यापारीले नयाँ लेबलिङ गरेर उपभोक्तालाई झुक्यार बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको देखिएको छ ।’ व्यापारीले सधैं जस्तो दसैंको मौका छोपी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ५१ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद