६ भदौ २०८३, शनिबार | August 22, 2026

प्राध्यापक डा. जनार्दन आचार्यको राजनीतिक संस्मरण अव पुस्तकमा



नेपालगन्ज । नेपालगन्जमा रहेर राजनीतिक विश्लेषककारुप चिनिएका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यद्वारा लिखित पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’को मंगलवार नेपालगन्जमा विमोचन गरिएको छ । पुस्तक प्रकाशक क्रियटिभ बुक्सले आयोजना गरेको विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले पुस्तकको विमोचन गरेका हुन् ।

राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर डा आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ मा आचार्यले पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् । नेपाली राजनीतिको दुईधारका नायक वीपी कोइराला र पुष्पलाल श्रेष्ठसँगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् ।

लेखक राजनीतिशास्त्रका प्राध्यापकसँगै लामो समय नेपाली कम्युनिष्ट आन्दोलनमा जोडिएका ब्यक्तित्व पनि हुन् । पञ्चायत विरोधी भुमिगत राजनीतिमा कम्युनिष्ट राजनीतिमा लागेका आचार्य एमालेको नेपालगन्जमा आयोजित छैटौं महाधिवेशन देखि राजनीतिबाट अलग रहेर स्वतन्त्र रहँदै आएका छन् ।

डा. आचार्यले लेखेका पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सले उक्त पुस्तक प्रकाशन गरेको हो । क्रियटिभ बुक्सले यसअघि ओलम्पियन, समृद्धिको बाटो, पाइला–पाइला, शून्यदेखि करोडपतिसम्म, कप्तान १९९८, चौकीदारदेखि वकिलसम्म, क्यान्टोनमेन्ट पुस्तक प्रकाशन गरिसकेको छ । ‘मेरो आदर्श, मेरो विश्वास’ क्रियटिभ बुक्सको आठौं प्रकाशन भएको बुक्सका संस्थापक टिएस ठकुरीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ५२ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र