६ भदौ २०८३, शनिबार | August 22, 2026

भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदै



काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ ।

कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भारतसँग सम्बन्ध सुधारका लागि नेपालको मुख्य सत्तारुढ दल कांग्रेसको टोलीले नयाँ दिल्लीमा राजनीतिक भेटभाट गर्नेछ । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाको निमन्त्रणामा जान लागेको प्रतिनिधिमण्डलमा उदय शमशेर जबरा र अजय चौरसिया रहेका छन् । दुई पार्टीबीचको सम्बन्ध समधुर र सशक्त बनाउनका यो भ्रमण हुन लागेको कांग्रेस सहमहामन्त्री डा. महतले बताएका छन् ।

भारतमा महत नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह लगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

भारतले पछिल्लो केही समययता नेपालमा राजनीतिक हस्तक्षेपकै हैसियतमा विगतमा जस्तै सक्रियता देखाइरहेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुको भ्रमण हुन लागेको हो । यसका लागि भाजपाका विदेशविभाग प्रमुख चौथाइवालाले निकै मेहनत गरेका छन् । गतवर्षदेखि बारम्बार काठमाडौं आएर नेपालका नेताहरुसँग भेटघाटलाई बाक्लो बनाएका चौथाइवालकै आर्किटेक्टमा अहिले भारतले नेपालसँग सम्बन्ध बढाइरहेको बताइन्छ । चौथाइवाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र हुन्

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ४१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र