१७ माघ २०८२, शनिबार | January 31, 2026

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक



काठमाडौं । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि उनी निर्णायकमा छनोट भएका हुन् । एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

चीनको उहानमा २०७६ कात्तिकमा भएको साताँै विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायकमण्डलमा थिए । चीनकै उसि सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गर्नुभएका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद ९साग० र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि उहाँले रेफ्री भएर काम गरिसकेका छन् । छोटो समयको तीव्र प्रतिष्पर्धाको खेलमा भीडन्तलाई ठिक ढङ्गले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनुहुन्छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद विधामा च्याम्पियनसीप विभागीय टोली हो ।

स्पेन, अमेरिका, जापान, पोर्चुगललगायत मुलुकबाट यसबीचमा रेफ्रिका लागि निम्ता आए पनि कोभिड–१९ का कारण प्रतियोगितामा सहभागी हुन नसकेको उनले प्रतिक्रिया दिए ।
रासस

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : १३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले