३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने



काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ ।

नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाएका छन् ।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ ।

महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ०६ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट