५ भदौ २०८३, शुक्रबार | August 21, 2026

मन्त्रिपरिषद् विस्तारको उल्झन अझै हटेन, सरकारले पूर्णता शुक्रबार मात्र पाउने



काठमाडौं । मन्त्रिपरिषद विस्तार आज पनि नहुने भएको छ ।

सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँटफाँटमा सहमति भएको भनिए पनि पुनः विवाद बल्झिएपछि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच चार दलले पाउने मन्त्रालयको संख्या र मन्त्रालयबारे सहमति भएको भनिएको थियो । यसैका आधारमा बुधबार मात्रै नेकपा माओवादी केन्द्रले आफुले पाउने मन्त्रालयका लागि मन्त्रीहरुको टुंगो लगाएको थियो ।

आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी दलहरु तयारीमा जुटे पनि आन्तरिक तयारी नपुगेको भन्दै विस्तारको काम शुक्रबारसम्म पर सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले भोलि शुक्रबार मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमति गरेका छन् । यसअघि आजै बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

तर, दलहरुबीच मन्त्रालय भागवण्डामा फेरि कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । यसअघिको दलीय सहमति अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी एवं जनता समाजवादी पार्टी जसपाले ४४ मन्त्रालय लिने सहमति भएको थियो । तर एकीकृत समाजवादी र जसपाभित्र ४४ मन्त्रालय मात्र लिन नहुने, गठबन्धनको समानताका आधारमा भागवण्डा हुनुपर्ने आवाज उठेको थियो । मन्त्रालयमा दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार पुनः प्रभावित हुने भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाका लागि मन्त्रिपरिषद् विस्तार भ्यागुताको धार्नी पुर्याउने जस्तै भएको छ ।

 

 

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ३० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको