१ असार २०८३, सोमबार | June 15, 2026

बर्दियामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षिय रुप्सी कुमाल रहेको प्रहरीले जनाएको छ । कुमालको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो ।

दुर्गुघटनामा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेमा गुलरिया नगरपालिका–७ बस्ने ७० वर्षिय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९ वर्षिय मनिराम थारु, वडा नम्बर ४ बस्ने ६४ वर्षिय नर प्रसाद काफ्ले, १८ वर्षिय सनम थारु, राजापुर नगरपालिका–४ बस्ने ६१ वर्षिय खुशीराम थारु, मधुवन नगरपालिका–५ बस्ने ७५ वर्षिय धनिराम कुमाल, वडा नम्बर ६ बस्ने २३ वर्षिय सोनम बिक, वडा नम्बर ९ बस्ने २० वर्षिय आशिष थारु, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षिय भुन्टि थारु र बाँके नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३० वर्षिय भावना केसीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बलेरो जिप साईकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो । बलेरो अनियन्त्रित भई सडक देखी १७ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार भएका थिए ।

हाल प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । सुर्खेत घर भई हाल ठाकुरबाबा नगरपालिका–३ बस्ने चालक पहर सिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ४७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट