१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

बर्दियाको राजापुरमा मोटरसाइकल दुर्घटना; एक जनाको मृत्यु, तीन घाइते



बर्दिया । बर्दियाको राजापुर नगरपालिका १० मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मोटरसाइकल चालक गेरुवा गाउँपालिका ३ बस्ने ३२ वर्षीय तपेश सोडारीको मृत्यु भएको हो । राजापुर नगरपालिकाको खैरीचन्दनपुरबाट मानाउँतर्फ जाँदै गरेको भे ६ प २४०८ नम्बरको मोटर साईकल र विपरीत दिशाबाट आउँदै गरेको से ७ प ५६९३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा चालक तपेश सोडारी टाउकोको भित्रि भागमा चोट लागि गम्भीर अवस्थामा घाइते भएको थिए । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भे ६ प २४०८ र्न को मोटरसाइकल चालक मधुवन नगरपालिका ६ बस्ने रोशन पुन मगरलाई हात र खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकलमा सवार रहेका मदन गुरुङ्ग, गगन अधिकारीलाई पनि सामान्य चेट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ०८ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा