२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देही उद्योग संघमा सबै पदहरु निर्विरोध, शनिबार एमाले उप महासचिव विष्णु पौडेलले २२ औ अधिवेशनको उदघाटन गर्दै



बुटवल । अन्ततः रुपन्देही उद्योग संघको २२ औ अधिवेशनमा निर्वाचन नहुने भएको छ । पूर्व अध्यक्षहरुको समुहले बनाएको प्यानलका विरुद्ध २ वटा पदमा उम्मेदवारी दिएका दबै जनाले उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेपछि संघमा निर्वाचन नहुने भएको हो ।

पूर्व अध्यक्षहरुले तयार पारेको सर्वदलीय प्यानलका विरुद्ध महासचिव पदमा माया खनाल र सचिव पदमा यामलाल भट्टराईले उम्मेदवारी दिएका थिए । प्यानलको महासचिव हरिबहादुर खत्रीका विरुद्ध माया खनाल र सचिव पदमा उम्मेदवार बसन्त ढकालका विरुद्ध यामलाल भट्टराईले उम्मेदवारी दिएका थिए ।

पूर्व अध्यक्षहरुले उम्मेदवारी छनौटमा भएको कमी कमजोरी स्विकार गरेर अवका दिनमा अवसर दिने आश्वासन दिएका कारण आफुले उम्मेदवारी फिर्ता लिएको महासचिव पदका उम्मेदवार माया खनालले बताइन् । अग्रजहरुले अन्याय गर्नु भएको थियो, छलफलमा अन्याय भएको कुरा स्विकार गरेपछि उम्मेदवारी फिर्ता लिइयो । उनले भनिन् , कोरोना महामारीमा निर्वाचनमा जाँदा थप जोखिम हुने भएकाले पनि सर्वसम्मतको पक्षमा उभिनुपरेको हो ।

सचिव पदमा उम्मेदवार यामलाल भट्टराईले पनि उद्योग संघको नेतृत्वमा केही समस्याहरु रहेको र आगामी दिनमा समास्या समाधान गर्दै सबैले समेटेर लैजान अग्रज उद्योगीहरु सहमत भएपछि उम्मेदवारी फिर्ता लिएको बताए ।

शनिबार हुने संघको २२ औ अधिवेशनबाट आगामी कार्यकालका लागि माधव पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन हुने भएका छन् । अधिवेशनको एमाले उपमहासचिव विष्णु पौडेलले उदघाटन् गर्ने छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ४७ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा