१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा दोस्रो चरणमा १० हजार परिवारलाई राहत वितरण गरिँदै



बुटवल । बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन् । भने, संगसंगै दोस्रो चरणको राहत वितरणका काम पनि सुरु भएका छन् ।

पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार पुग्ने भएको छ । १९ वटै वडा, त्यहाँका टोलविकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुसमेतको संयुक्त समन्वयमा संकलन भएका घर परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

कोरोना भाइरस रोग (कोभिड–१९) परीक्षणको दायरा बढाउने र लकडाउनको पूर्ण पालना गराउने र विपन्न परिवारलाई लगत संकलन गरेर लक्षित समूदायमै पुग्नेगरि राहत वितरणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवलमा राहत वितरण, सचेतना र सावधानीका काम संगसंगै भइरहेका छन् । ‘फिवर क्लिनिकमार्फत अवस्था पहिचान र दर बढ्न नदिन देशैभरी परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारोटाइनमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ ।

बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

वरिष्ठ अधिकृत विजयदेव भुर्तेलको नेतृत्वमा सबै टोलमा राहतको व्यवस्थापन र लक्षित समुदायको अवस्थाका बारेमा अनुगमन र स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहको नेतृत्वमा सबै वडाको समन्वय हुनेगरि फिवर क्लिनिकमा चेकजाँचको काम भइरहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ३२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो