११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुगुमा जीप दुर्घटनाः तीन घाइते, एकको अवस्था गम्भीर



मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो ।

करिब ३ सय मिटर तल खसेको जीप पूर्ण रुपमा क्षति भएको छ भने जीपमा सवार साहु वीरेन्द्र मल्लसहित हुम्ला सर्केगाड गाउँपालिकामा रहेको सिटिजन बैंकका शाखा प्रबन्धक जुम्ला घर भएका कलम सेजुवाल र उनसँगै गएका एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताए । शाखा प्रबन्धकको टाउकोमा गम्भीर चोट लागेपछि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ ।

छायाँनाथ रारा नगरपालिका-२ छत्याल बाडाका वीरेन्द्र मल्लको भे १ ज १०९९ नम्बरको गाडीमा सवार अन्य दुई जनालाई सामान्य चोट लागे पनि बैंक प्रबन्धक सेजुवाललाई टाउकोमा गम्भीर चोट लागेर नेपालगंज रिफर गरिएको र प्रबन्धकसँग गएका अर्का एक जनाको दुबै हात भाँच्चिएकाले जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ३२ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत