२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मुगुमा जीप दुर्घटनाः तीन घाइते, एकको अवस्था गम्भीर



मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो ।

करिब ३ सय मिटर तल खसेको जीप पूर्ण रुपमा क्षति भएको छ भने जीपमा सवार साहु वीरेन्द्र मल्लसहित हुम्ला सर्केगाड गाउँपालिकामा रहेको सिटिजन बैंकका शाखा प्रबन्धक जुम्ला घर भएका कलम सेजुवाल र उनसँगै गएका एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताए । शाखा प्रबन्धकको टाउकोमा गम्भीर चोट लागेपछि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ ।

छायाँनाथ रारा नगरपालिका-२ छत्याल बाडाका वीरेन्द्र मल्लको भे १ ज १०९९ नम्बरको गाडीमा सवार अन्य दुई जनालाई सामान्य चोट लागे पनि बैंक प्रबन्धक सेजुवाललाई टाउकोमा गम्भीर चोट लागेर नेपालगंज रिफर गरिएको र प्रबन्धकसँग गएका अर्का एक जनाको दुबै हात भाँच्चिएकाले जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ३२ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको