११ श्रावण २०८३, सोमबार | July 27, 2026

वर्तमान सरकार विकास निर्माण चाहँदैन : विष्णु पौडेल



बुटवल । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रका लागि एमाले नेतृत्वको सरकारले छुट्टाएको जग्गा अतिक्रण रोक्न सरकारले कुनै चासो नदेखाएको बताएका छन् ।

शनिबार रूपन्देही उद्योग संघको २२ औ अधिवेशनको उदघाटन गर्दै उप महासचिव पौडेलले आद्योगिक क्षेत्रका लागि छुट्याइृएको जग्गा खुल्लेआम अतिक्रमण भइरहँदा पनि सरकार मुकदर्शक बनेर बसेको आरोप लगाए ।

पौडेलले सरकारले विकासका काममा कैंची चलाएको बताउँदै औद्योगिक करिडोर निर्माणको काम यथासिघ्र अघि बढाउन माग गरे । उनले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजनामा अवरुद्ध गर्नेगरी गठबन्धन सरकारले कैची चलाएको भन्दै जनताले सरकारको विकास विरोधी गतिविधिको भण्डाफोर गर्नु पर्ने बताए ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजनाहरुमा सरकारले बजेट कटौती गरेको पौडेलले बताए । ‘विगतदेखि नै संचालनमा रहेका आयोजनाहरुमा पनि वर्तमान सरकारले बजेट कटौती गरेको छ, वर्तमान सरकार बिकास निर्माण चाहदैन भन्ने प्रष्ट हुन्छ, उनले भने -‘गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, तिनाउ दानव कोरिडोर, मोतिपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारले कुनै चासो र सरोकार नै राखेको छैन ।’

पौडेलले बिमानस्थलको पहिलो चरणको काम सकिन लागेको र आफूले दोस्रो चरणको कामको प्रक्रिया अगाडि बढाएकोमा बर्तमान सरकारले चासो नदिँदा प्रक्रिया रोकिएको बताए। सरकारले दोस्रो चरणको काम अगाडि बढाउन आलटाल गरिरहेको उनको आरोप छ । ‘बिमानस्थलजस्तो महत्वपूर्ण आयोजनाको दोस्रो चरणको कामलाई सरकारले कुनै अलमल नगरी अविलम्ब अगाडि बढाइओस्’ पौडेलले भने।

उनले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि आफ्नो पहलमा टेण्डर आव्हान भईसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढाउन सरकारलाई आग्रह गरे।

नेता पौडेलले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पोखरा खण्डलाई डबल लेन सडक, बुटवल-लमही-कोहलपुर सडक बिस्तार, बुटवल-नारायणगढ सडक, बुटवल सम्मेलन केन्द्र, बुटवल मेडिकल कलेजको निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क र सैनामैनामा लामिडाँडा दह निर्माण जस्ता महत्वपूर्ण आयोजनाको काम अगाडि बढाइएपनि वर्तमान सरकार ती आयोजनाप्रति उदासिन देखिएको बताए।

पौडेलले बुटवलमाथिको चुरे क्षेत्रमा देखिएको भूक्षय रोक्न भौगर्भिक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि प्राविधिक टोली खटाउन सरकारसँग आग्रह गरे। पौडेलले रुपन्देही क्षेत्रको विकास आयोजनामा विनियोजित बजेटको सदुपयोग भए नभएको निगरानी गर्न पत्रकारहरुलाई आग्रह समेत गरे।

एमाले लुम्बिनी अध्यक्ष एवं लुम्विनी प्रदेशका पूर्वउद्योगमन्त्री लीला गिरीले एमाले सरकारमा रहँदा वा बाहिर रहँदापनि उद्योगी व्यवसायीको पक्षमा रहने स्पष्ट पारे। उनले उद्योग वाणिज्य क्षेत्रको विकास र प्रोत्साहनको लागि अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

आजबाट शुरु भएको अधिवेशनमा यस अघि नै झण्डै २९ सदस्सीय पदाधिकारी तथा सदस्यहरुको सर्वसम्मत निर्वाचित भईसकेका छन् । माधव पौडेलको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएपछि आज हुने भनिएको निर्वाचन गराउन नपरेको उद्योगसंघका अध्यक्ष बाबुराम बोहोरोले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ३७ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत